विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्दको जन्मजयन्ती आज बैशाख पूर्णिमा का दिन नेदरल्याण्ड गुरुंग समाज को आयोजनामा Zaandam स्थित समाजका सल्लाहकार संगिता गुरुंग ज्यूको छोरा सुरेन्द्रजंग गुरुंगको निवासमा समाजका अग्रज एवं सदस्यहरुको सहभागितामा लामा गुरु (देव गुरु) द्वारा स्वस्ति शान्ति पुजापाठ गरी भव्यताका साथ सम्पन्न गरियो ।
कार्यक्रम स्थल, मिष्ठान्न भोजन तथा व्यवस्थापनका सम्पूर्ण कार्य गरी समाजलाई सहयोग गर्नु भएकोमा समाजका सल्लाहकार संगिता गुरुंग ज्यू लगायत उहांको सम्पूर्ण परिवारका सदस्यहरुलाई समाजको तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौं
साथै कार्यक्रममा पुजापाठ गरी सहयोग गर्नु भएकोमा लामा गुरु देव गुरु ज्यू र समाजका सम्पूर्ण सहभागीहरुलाई पनि सधन्यवाद प्रकट गर्न चाहन्छौं । धन्यवाद ॥
गुरुंग समाज नेदरल्याण्डस् द्वारा गत वर्ष २३ मे २०२४ का दिन स्वस्ति शान्तिको कामना गर्दै र बुद्दवाणीहरुको स्मरण गर्दै समाजका अध्यक्ष पृथ्वीमान गुरुंगको अगुवाइमा नेदरल्याण्डस् पुर्मेरेण्ड स्थित समाजकै कोषाध्यक्ष जुनकुमारी गुरुंग को निवासमा समाजका सदस्यहरुको उपस्थितिमा सफलताका साथ “बुद्द जयन्ती” कार्यक्रम सम्पन्न गरियो । लामा गुरु देव लामा (घले) ज्यू द्वारा बुद्द वाणी र मानव तथा चराचर जगतको लागि शान्तिको कामना गर्दै मन्त्रोच्चारण सहित सुरु गरिएको उक्त कार्यक्रममा गुरुंग समाजका अग्रजहरु लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको समापन संगै चियापान र प्रसाद समेत वितरण गरिएको उक्त कार्यक्रममा लगभग ३०-४० जनाले सहभागीता जनाएका थिए ।
गुरुंग समाज नेदरल्याण्डस् को वार्षिक साधारणसभा तथा आठौं अधिवेशन गत १९ फेवृवरी २०२४ का दिन नेदरल्याण्ड स्थित आम्स्टर्डम मा समाजका साधारण सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको छ । उक्त अधिवेशनले पृथ्वीमान गुरुंग को अध्यक्षता नयां कार्यसमिति समेत चयन गरेको छ । त्यसैगरी उपाध्यक्षद्वय अमिर गुरुंग र सबू गुरुंग , महासचिव आशा गुरुंग, सचिव लक्ष्मी गुरुंग, कोषाध्यक्ष जूनकुमारी गुरुंग, सह कोषाध्यक्ष सीमा (माया) गुरुंग र सदस्यहरु इन्द्रजंग गुरुंग, निरज गुरुंग अमिर गुरुंग र साइरस गुरुंग चयन भएका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णबहादुर गुरुंग द्वारा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिंदै बधाई ज्ञापन गरी प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा समाजका पुर्व अध्यक्षहरु, अग्रज एवं सल्लाहकारहरु समेतको उपस्थिति रहेको थियो ।