भलिवल संघ, कास्की लाई सहयोग
गत १६ अगस्ट २०२२ का दिन जिल्ला भलिवल संघ, कास्की का अध्यक्ष बिष्णुबहादुर गुरुंग लाई गुरुंग समाज नेदरल्याण्ड को तर्फबाट तत्कालिन समाजका अध्यक्ष कृष्णबहादुर गुरुंग र तत्कालिन महासचिव पृथ्वीमान गुरुंगले संयुक्त रुपमा ८ थान भलिवल, ३ थान नेट (जाली) र १ थान पम्प खेलकुद सामाग्री सहयोग स्वरुप प्रदान गरिएको थियो ।
खेलकुद विकासमा थोरै भएपनि सहयोग पुगोस् भन्ने अभिप्रायले प्रदान गरिएको सो खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला भलिवल संघ का कोषाध्यक्ष र खेलाडी भाइ बहिनीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा भलिवल संघ, कास्की का अध्यक्ष विष्णुबहादुर गुरुंग ले सहयोग को निम्ति गुरुंग समाज नेदरल्याण्ड परिवारलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।